देश । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशनमा मलेसियामा रहेर सफल व्यावसायीको पहिचान बनाएका समाजसेवी हरिप्रसाद भट्टराई एनआरएनए एसिया प्यासिफिक क्षेत्रका संयोजक (RC) पदमा उम्मेदवारी दिनुहुने भएको छ । मलेसिया एनआरएनएका अध्यक्ष समेत रहिसक्नु भएका भट्टाराईले विभिन्न देश पुगेर प्राप्त सुझावका आधारमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
‘मलेसियाको अध्यक्षको हैसियतले काम गर्दा र त्यसपछि दिनमा पाएको जिम्मेवारीले पनि मलाई मैले दाबी गरेको पदमा बलियो सावित गरेको छ । मैले पदामा रहदा वा नरहदा गरेको गतिविधीले नै मलाई यहाँसम्मको यात्रा गराउन सफल भएको हो’,भट्टराईले भने,‘मलाई पद भन्दा पनि त्यहाँ रहेर नेपालीका लागि काम गर्नु छ । अहिले देखिरहेको समस्या न्यून पार्नु नै मेरो उदेश्य हो ।’
भट्टराई एनआरएनए एनसिसि मलेसियाको अध्यक्ष भएको बेलादेखि अहिले डिआरसीसम्म आईपुग्दा पनि मलेसियामा रहेका नेपाली श्रमिकको भलाइको निम्ति उदाहरणीय कार्यहरु गर्दै आएका छ्न । भट्टराईले यहाँ मलेसियामा विभिन्न समस्या र पिडामा रहेका नेपाली लाई सक्दो आर्थिक र भौतिक सहयोग गर्दै आईरहेको छ ।
एसिया क्षेत्रभित्रका ९ वटा राष्ट्र, देशबाट महाधिवेशन प्रतिनिधि क्रमशः जापानबाट दुईसय २ जना , चीनबाट ३४ जना , मलेसियाबाट एकसय ७१ , कोरियाबाट एकसय ७० , थाइल्यान्ड ३३ , कम्बोडिया १९ , मकाउ २५ , हङकङ ७३ र म्यान्मारबाट ५ जना गरि जम्मा सातसय २१ जना महाधिवेशन प्रतिनिधि (भोटर) छनोट भएका छ्न ।
जसमध्य सबैभन्दा धेरै जापानबाट रहेको जम्मा भोट २०२ मध्यमा ४०% भोट भट्टराईले पाउने आङकलन गरिएको छ । कोरिया , थाइल्यान्ड , कम्बोडिया लगायत अन्य एसियाभित्र पर्ने देशबाट पनि राम्रै समर्थन पाईरहेको भट्टराईको कर्मथलो मलेसियानै रहेकोले मलेसियाको सबै भोट भट्टराईले पाउने बलियो सम्भावना रहेको अभियान्ताहरुको भनाइ छ । गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ ।