देश । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्से १० दशमलव ८२ अंकले घटेको छ । दिनभरनै उतारचढाव देखिएपनि अन्ततः बन्द हुने समयमा नेप्से ०.३७ प्रतिशतले घटेको हो । नेप्सेमा सूचीकृत २ सय ३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार माथिको कारोबार भएको छ । नेप्से घटेपनि पनि जीवन र निर्जिवन बीमाको उपसूचक भने हरीयाली रहेको छ ।
सर्किट लाग्ने ३ कम्पनीमा विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युत रहेका छन् । त्यस्तै, ग्लोबल आइएमई बैकको ६.७४ प्रतिशत, ज्याति लाइफ इन्स्योरेन्सको ६.६९ प्रतिशत, सानिमा लाइफ इन्स्योेरेन्सको ६.४५ प्रतिशत, लाइफ इन्स्योरेन्सको ५.६८ प्रतिशत र रिलायबल लाइफ इन्स्योरेन्सको ४.२५ प्रतिशतले बढेको हो । सर्वाधिक कारोबार हुने कम्पनीका नेपाल टेलिकम रहेको छ । कम्पनीको आज एकैदिन ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको १९ करोड १ लाख, एनआइसी एशियाको १७ करोठ ५२ लाख, शिखर इन्स्योरेन्सको १७ करोठ ४७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ९६ लाख भन्दा माथिको कारोबार भएको छ ।