ट्रम्प भन्छन् ‘पाक-इण्डो समस्या चाडै सुल्झिन्छ’

विदेश । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् । उनले दुई देशबीच अमेरिकाले मध्यस्थता गरिरहेको दावी गर्दै समस्या सुल्झिनेमा दावी गरेका हुन् । ‘दुइ देश बीचको समस्या सुल्झाउन हामी मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छौ किनकी यो हाम्रो दायित्व पनि हो’ उनले भने ‘हामी आशावादी छौ उहाहरुको समस्या चाडै मिल्छ ।’ उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत–पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् । गत १४ फेबु्रअरीमा पुलवामामा भएको आतंकवादी हमलापछि अमेरिकाले त्यसको निन्दा गरेको थियो । तर, त्यसपछि अमेरिकाले औपचारिक प्रतिक्रिया दिएको छैन । ट्रम्पले भने भारत वा पाकिस्तान कसैको पक्ष नलिइकन तनाव चाँडै हल हुने आशा व्यक्त गरे तर अमेरिका भारत समर्थक मानिदै आएको छ ।

कमेन्ट गर्नुहोस्