राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७३, २०७४ र २०७५ सम्पन्न

61 Shares

फिल्म । विगत तिन वर्ष यता रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार त्तहा दीर्घ साधना सम्मान सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको प्रमुख अतिथ्यता तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाज्यूको विशिष्ट आतिथ्यतामा वि.सं. २०७३,२०७४ र २०७५ पुरस्कार तथा सम्मान वितरण गरिएको हो ।

कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले समग्र फिल्म क्षेत्रको विकास, विस्तार र प्रवर्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको बताउनु भयो । राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो ।

चलचित्र दीर्घ साधना सम्मान, २०७३ वरिष्ठ चलचित्रकर्मी श्रीमती सुभद्रा अधिकारी, २०७४ बरिष्ठ चलचित्रकर्मी श्री किशोर रानामगर र २०७५ वरिष्ठ चलचित्रकर्मी श्री तुलसी घिमिरेलाई प्रदान गरिएको छ । यसैगरी अभिनेता तर्फ विपिन कार्कीले जात्रा र प्रसादबाट उत्कृष्ट नायकको अवार्ड उचाल्न सफल भए । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो । कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो ।

यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गर्नुभएको थियो । जहाँ गौरी मल्ल , सन्नी रौनियार , रमेश उप्रेती , छुल्ठिम गुरुङ , दीलिप रायमाझी , रेजिना उप्रेती , पवित्रा आचार्य , जान्ह्वी बस्नेत , जय किसन बस्नेत लगायतले नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्राप्त गर्नु हुनेहरुको नामवली यस्तो छ ।

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७३

चलचित्र दीर्घ साधना सम्मान, २०७३ वरिष्ठ चलचित्रकर्मी श्रीमती सुभद्रा अधिकारी
उत्कृष्ट सम्पादन जात्रा मित्रदेव गुरुङ
उत्कृष्ट छायाङ्कन लभ सासा शिवराम श्रेष्ठ
उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) कालो पोथी क थाः मीन बहादुर भाम
पटकथा/संवा दः अविनाश विक्रम शाह
उत्कृष्ट अभिनेत्री निभ्न लागेको दियो सृजना सुब्बा
उत्कृष्ट अभिनेता जात्रा विपिन कार्की
उत्कृष्ट निर्देशक सेतो सूर्य दिपक रौनियार
उत्कृष्ट चलचित्र कालोपोथी शुन्य फिल्मस् प्रा.लि. (मीनबहादुर भाम)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) क्यु प्ह्रो छे (भेडी गोठाले) मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.
उत्कृष्ट लोकप्रिय चलचित्र छक्का पञ्जा आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७४

चलचित्र दीर्घ साधना सम्मान, २०७४ बरिष्ठ चलचित्रकर्मी श्री किशोर रानामगर
उत्कृष्ट सम्पादन मंगलम् मित्रदेव गुरुङ
उत्कृष्ट छायाङ्कन कृ पुरुषोत्तम प्रधान
उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) धनपति खगेन्द्र लामिछाने
उत्कृष्ट अभिनेत्री ब्लाइन्ड रक्स बेनिशा हमाल
उत्कृष्ट अभिनेता मंगलम् पुष्प बहादुर खड्का
उत्कृष्ट निर्देशक ब्लाइन्ड रक्स मिलन चाम्लिङ राई (मिलन चाम्स)
उत्कृष्ट चलचित्र ब्लाइन्ड रक्स चाम्स ईन्टरटेनमेन्ट प्रा.लि. (मिलन चाम्लिङ राई)
उत्कृष्ट चलचित्र(आदिवासी, जनजाति, विभिन्न मातृभाषी) टिन्छेन फामा (शेर्पा भाषा) शेर्पा म्युजिक वल्र्ड प्रा.लि.(कुङगा शेर्पा)
उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार महिला मंगलम् मिथिला शर्मा
उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार पुरुष शत्रुगते रमेश रञ्जन झा

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७५
चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ चलचित्रकर्मी श्री तुलसी घिमिरे

उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) गोपी कथा दिपेन्द्र लामा
पटकथा/संवाद सामिप्यराज तिमल्सिना
उत्कृष्ट छायाङ्कन समर लभ सञ्जय लामा
उत्कृष्ट सम्पादन साँइली निमेश श्रेष्ठ
उत्कृष्ट अभिनेत्री बुलबुल स्वस्तिमा खड्का
उत्कृष्ट अभिनेता प्रसाद विपिन कार्की
उत्कृष्ट निर्देशक बुलबुल विनोद पौडेल
उत्कृष्ट चलचित्र गोपी आरोही ईन्टरटेनमेन्ट प्रा.लि. (मणि कर्ण के.सी.)
जुरी प्रोत्साहन सम्मान भोर पूजा कर्ण
चलचित्रको व्यापार विस्तार तथा प्रवर्धन सम्मान छक्का पञ्जा ३ आमा सरस्वती मुभिज् प्रा.लि. (दिपक राजगिरी)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्नमातृभाषी) रिजे नासाँ (गुरुङ भाषा) बेब्स क्रियशन प्रा.लि. (प्रितम गुरुङ)

Facebook Comments