जब पियुष मिश्राले भने, ‘नेपाली रङ्गमञ्च वा फिल्ममा काम गर्दिन’

फिल्म । भारतीय फिल्म तथा साहित्यमा पियुष मिश्रा परिचित नाम हुन् । रङ्गमञ्चबाट अभिनय यात्रा प्रारम्भ गरेका मिश्राले नवीन चौहानको निर्देशनमा तयार हुने फिल्म ‘कलेजी : ऊनको स्वीटर’ मा अभिनय गर्दैछन् । यसको घोषणा भईसकेको छ । तर केही वर्ष अगाडिसम्म अभिनेता मिश्रा नेपाली फिल्म गर्ने मनसाय बनाएका थिएनन् ।

विसं २०७९ मा ‘कलिङ साहित्य महोसत्व’ मा सहभागी हुन् नेपाल आउँदा उनले नेपाली रङ्गमञ्च वा फिल्म नगर्ने बताएका थिए । उक्त महोत्सवमा आयोजित ‘ह्याम्लेट कभी बम्बे नही गया’ शिर्षकमा भारतीय तथा नेपाली साहित्यकारहरूसँग अन्तरक्रियाका क्रममा अभिनेता मिश्राले त्यस्तो बताएका थिए ।

‘नेपाली रङ्गमञ्च वा फिल्म म कहिले गर्दिन । किनकी म नेपाली भाषालाई सम्मान गर्छु । यसलाई नबुझी यो भाषामा काम गर्नु मुर्खता हुन्छ । केही तामिल र तेलुगु भाषामा काम गरेर मैले गल्ती गरिसके’, अभिनेता मिश्राले भनेका थिए । नेपाल सुन्दर लाग्ने भएकाले उनी साहित्य महोत्सवमा सहभागी हुन् नेपाल आइरहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्