शुक्रबारदेखि नेपालमा ‘धुमम्’

फिल्म । कन्नडा फिल्मलाई विश्वभर चिनाउने ‘केजिएफ’ बनाईसकेको निर्माण कम्पनी होम्बले फिल्म्सले निर्माण गरेको ‘धुमम्’ नेपाल प्रदर्शन हुने भएको छ । आगामी शुक्रबारबाट नेपालमा रिलिज हुने वितरक सुनिल मानन्धरले जानकारी दिए । उनको वितरण कम्पनी श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको अधिकार लिएको हो ।

फहाद फासिलको मुख्य भुमिका रहेका फिल्म भारतमा गत जुन २३ मा मललायम र कन्नडा भाषामा रिलिज भएको थियो । उक्त प्रदर्शनबाट राम्रो सकिक्षा बटुल्न सफल फिल्म यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा ओटिटी प्लेटर्फममा रिलिजको तयारीमा छ ।

पवन कुमारको निर्देशन रहेको फिल्ममा अपर्णा बालमुरली, रोशन म्याथ्यु, विनित राधाकृष्ण, अनु मोहन लगायतको अभिनय छ । यहिँ निर्माण कम्पनीले फिल्म ‘सलार’ प्रदर्शनको तयारी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्