संगीत । यतिबेला तपाइले कसैलाई फोन गर्नु भयो भने अर्कै धुन बज्न थालेको छ । अर्को जुनी खै कुन्नी , कसलाई थाहा छ र खै ,यही जुनीलाई कोरोनाबाट बचौं है… बोलको रिङब्याक सुन्न पाइन्छ । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् ।
दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो । टेलिकमसँगै एनसेलको मोबाइलमा पनि बज्ने रिङब्याक टोन अर्थात जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् ।
कमेन्ट गर्नुहोस्











