मायावतीको बायोपिकमा विद्या

53 Shares

फिल्म । बलिउडमा पछिल्लो समय बायोपिकको लहर नै चलेको छ भन्दा फरक नपर्ला । त्यसमा पनि पछिल्लो समय राजनीतिज्ञको बायोपिक । डाक्टर मनमोहन सिंह , बाल ठाकरे , एन्टी रामराव , नरेन्द्र दामोदर दास मोदीको बायोपिक बनिसकेका छन् भने जयललिताको बन्ने तयारीमा छ । यसै बीच मायावतीको बयोपिक बन्ने चर्चा सुरु भएको छ । दलित राजनीतिलाई एक किसिमको उचाई दिएकी मायावतीको भूमिकालाई बोल्ड एण्ड ब्युटिफुल विद्या बालनले निर्वाह गर्नेछिन् ।

बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीको फिल्मलाई सुभाष कपूरले निर्देशन गर्नेछन् भने यसको कथाको काम यतिबेला भइरहेको छ । पछिल्लो समय विद्या एक वेव सिरिजमा व्यस्त छिन् जसमा उनले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छिन । पछिल्लो समय बलिउडमा एकपछि अर्को बायोपिक बन्ने लहर नै चलेको छ भन्दा फरक नपर्ला । इन्दिराको भूमिकामा देखिएकी विद्याले मायावतीको भूमिकालाई कस्तो रुपमा निर्वाह गर्नेछिन् ? यो भने आउँदो समयले नै बताउनेछ । (एजेन्सी)

Facebook Comments