फिल्म । बलिउडमा पछिल्लो समय नयाँ नयाँ जोडी बन्ने क्रम बढ्दो छ । पहिले नदेखिएका कलाकारलाई जोडी बनाएर प्रस्तुत गर्दा दर्शकले नोटिस गर्ने भएकाले पनि यस्तो क्रम बढेको हो । यसै क्रममा बलिउडमा दीपिका पादुकोण र ऋतिक रोशनको जोडी दिनेखिने सम्भावना छ । यो जोडीलाई लिएर लव रंजनले फिल्म निर्देशन गर्न सक्ने सम्भावना बढेको छ । सन् १९८२ मा प्रदर्शन भएको फिल्म ‘सत्ते पे सत्ता’ मा यो जोडी देखिने चर्चा बि-टाउनमा छ ।
यसको रिमेकलाई रोहित शेट्टीले निर्देशन गर्ने तथा फराह खानले निर्देशन गर्ने चर्चा थियो । तर , यतिबेला फिल्मको रिमेक राइट्स पाएको कम्पनिले फिल्मको जिम्मा नै लवलाई दिने भएको छ । यसलाई राजेश वासानीले नै निर्माण समेत गर्ने भएका छन् । उनले सुरुवाती चरणमा यसलाई रोहितला सुम्पिने सोच बनाएका थिए । तर , रोहितले प्रोजेक्टमा ढिलाई गरेपछि यतिबेला आफैले निर्माण गर्ने सोच बनाएका हुन् । फिल्मको लागि लवले प्रक्रिया समेत अगाडी बढाएका छन् । पछिल्लो समय फिल्म निर्माणमा व्यस्त लवले निर्देशन गर्ने फिल्ममा ऋतिक र दीपिकाको जोडी भएमा दर्शकले फ्रेस जोडी पर्दामा देख्न पाउथे । (एजेन्सी )












