सिक्वेलबाट निर्माता आउट

216 Shares

फिल्म । सन् २००९ मा रिलिज भएको फिल्म ‘वान्टेड’ सफल रह्यो । बलिउडका भाइजान सलमान खानको धर्मराउदो करियरले यसले अगाडी बढायो । साउथ इण्डियन फिल्मको रिमेक रहेको ‘वान्टेड’ लाई प्रभुदेवाले निर्देशन गरेका थिए । सलमानले यसमा गरेको अभिनयले दर्शकको मन जितेको थियो । उनलाई यो किसिमको सफलता ‘तेरे नाम’ पछी मिलेको थियो । यसलाई बोनी कपूरले निर्माण गरेका थिए ।

सलमानको सफल फिल्म मध्यको एक रहेकोले दर्शकले यसको सिक्वेललाई प्रतिक्षा गरिरहेका छन् । तर सिक्वेलको कुनै छाटकाट देखिएको थिएँन । किनकी सलमान निर्माता बोनीसँग काम गर्न चाहदैनन् । कारण सबैलाई थाहा नै छ कि सलमानका भाइ अरबाज खानकी पुर्व पत्नी मलाइका अरोड़ासँग सम्बन्ध बिग्रिनुको कारण हुन् अर्जुन कपूर । बोनीका छोरा अर्जुनको प्रेम सम्बन्ध आफ्नो भाउजुसँग बढ्दै गएपछि सलमान रिसाएका हुन् ।

विज्ञापन

अन्तत सलमानले फ्यानको डिमाण्डलाई सम्बोधन गर्ने भएका छन् तर निर्मातालाई आउट गरेर । अर्थात् फिल्म वान्टेडको सिक्वेल त बन्ने छ तर बोनी निर्माताको रुपमा रहने छैनन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने सलमानले प्रभुदेवालाई सिक्वेलको काम अगाडी बढाउँन भनिसकेका छन् । सलमान पछिल्लो समय आफ्नो हिट फिल्मको सिक्वेल चाहन्छन । केहि समय सोसल ड्रामा गर्न खोजेका सलमानलाइ सोच अनुसारको सफलता नमिलेपछि उनले यस्तो निर्णय लिएका हुन् । आउँदो समयमा उनको किक २ , एक था टाइगरको तेस्रो सिरिज , वान्टेड सिक्वेल लगायतका फिल्म दर्शकले हेर्न पाउनेछन् ।

(एजेन्सी)

तपाईको प्रतिक्रिया