फिल्म । त्रिभुवन आर्मी क्लबमा फिल्म ‘प्रेमगीत ३’ को आयोजित विशेष प्रदर्शन गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माकी पत्नीसहित सेनाका केही प्रतिनिधिले हेरेको शोमा अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन, संगीतकार एलिश कार्की लगायत उपस्थित थिए । आयोजित शोमा प्रधानसेनापति शर्मा सहभागी हुननसकेता पनि समय मिलाएर आफूले प्रेमगीत ३ हेर्ने वचन दिदै कठिन ठाउँमा छायांकन गर्नुपर्दा उद्धार गर्नुपर्ने स्थितिमा सघाउन सेनाको तर्फबाट आश्वासन आफूले पाएको अभिनेता खड्काले बताए ।
विशेष प्रदर्शनमा सेनापति शर्मासहित एजी जनरल सागर थापा समेत उपस्थित थिए । उपस्थितले फिल्मको कथावस्तुसँगै छायांकनको लागि रोजिएको दृश्यको तारिफ गरेका थिए। नेपाली र हिन्दी भाषामा रिलिज गरिएको फिल्ममा मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्मलाई छेतेनले मन्दिप गौतमसँग मिलेर लेखेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।











