कस्तो छ समीरको ‘रमिता को पिरती’ ?

फिल्म । गायकका रुपमा परिचित समीर श्रेष्ठको अभिनय रहेको फिल्म ‘रमिता को पिरती’को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म आउँदो भ्यालेन्टाइन डे अर्थात् २०८२ माघ २३ गते (सन् २०२६) मा प्रदर्शनमा आउँदैछ । सार्वजनिक टिजरमा गायक श्रेष्ठको प्रेम र उल्झनलाई देखाइएको छ ।

टिजरमा गायक श्रेष्ठसँगै अभिनेत्री अन्ना शर्मा, धीरज मगर र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । रोचक पक्ष के छ भने, लोकप्रिय गायक श्रेष्ठले यसै फिल्मबाट मुख्य भूमिकामा आफ्नो अभिनय यात्रा सुरु गरेका छन्।

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्म विशेष रूपमा एक महिला पात्रको कथावस्तुमा केन्द्रित छ । टिजरमा अभिनेत्री अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदनासम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एक युवतीको गहिरो मनोविज्ञानलाई बोलेको सङ्केत गर्छ ।

फिल्मको लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्, जसले यस कथावस्तुलाई अझ गहन रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । फिल्मका निर्माता सागर लम्साल हुन् । ‘रमिता को पिरती’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्