रनबीरसँगको फिल्म बारे बोले अजय

फिल्म । निर्देशक तथा लेखक लव रञ्जनले आफुलाई प्यारका पंचनामा सिरिज मार्फत नै प्रमाणित गरिसकेका छन् । लेखक तथा निर्देशकको रुपमा दर्शकलाई चाहिएको रम-कम जनरको फिल्म पस्किन माहिर मानिने लवले नयाँ फिल्मको तयारी गरेको केहि समय भइसकेको छ । फिल्ममा लवले अजय देवगन र रणवीर कपूरलाई कास्ट गर्दैछन् । तर लवको यो फिल्म रोमान्टिक कमेडीका साथै उनले यसलाई एक्सनमय बनाउनेछन् । तर , यो फिल्म बन्ने नबन्ने चर्चा बेलाबखतमा हुने गरेको छ ।

यस्तै चर्चाको बीचमा फिल्म निर्माणमा ढिलाई भएपनि बन्ने खबर आएको छ । पछिल्लो समय फिल्म ‘तानाजी’ को प्रमोसनमा रहेका अजयले फिल्म बन्ने बताएका छन् । ‘फिल्म बन्छ तर केहि ढिलाई भने भएकै हो’ उनले भने । अजयले अरु स्टारकास्टको समय मिलेपछि प्रोजेक्ट सुरु हुने संकेत गरेका छन् । ‘फिल्म सन् २०२० को लास्टमा फ्लोरमा जान सक्छ’ अजयले भने । अजय र रनबीरको एक्सन , रोमान्स र कमेडीललाई दर्शकले देख्न पाउनेछन् ।

पछिल्लो समय रनबीर पनि अन्य प्रोजेक्टमा विजी छन् भने फिमेल एक्टरको अझै टुङ्गो लागेको छैन । फिल्मको तयारीकै बीच यसमा दीपिका पादुकोण रहने चर्चा नभएको होइन तर अझै उनको नाम फाइनल भनिएको छैन । अजयले लवसँग काम गरेको फिल्म ‘दे दे प्यार दे’ मा काम गरिसकेका छन् । जसमा अजयलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो तर फिल्ममा लव भने प्रोड्युसर मात्र हुन् । यसैले गर्दा पनि उनले अजयलाई रनबीरसँग स्क्रिन शेयर गर्न तयार बनाए । अजय र रनबीरले काम गरेको फिल्म राजनीतिलाई दर्शकले रुचाएका थिए । (एज्नेसी)

कमेन्ट गर्नुहोस्