संगीत । समसामयिक नेपालको अवस्थालाई चित्रण गर्दै सिर्जना गरिएको राष्ट्रिय भावको गीत ‘सरकार चाहियो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीतसंगै गायन शिशिर योगीको रहेको छ भने गीतलाई सतिष चापागाईँले रचना गरेका हुन् । गीतको संगीत संयोजन बीबी अनुरागी , मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो ।
सार्वजनिक गीतको भिडीयोमा सुरवीर पण्डित र रश्मी भट्टराई , जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोलाई संकल्प भुजेल र अशोक थापाले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लकडाउन लगायतका सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ ।











