महोत्तरीमा अज्ञात रोगका कारण १२ को मृत्यु

देश । पछिल्लो समय देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढिरहेका छन् । यद्दपी संक्रमित निको भैरहेका छन् । जुन नेपालको लागि खुसिको कुरा हो । नेपालमा कोरोना भाइरसको महामारीको जोखिम बढिरहेको समयमा महोत्तरीमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु भएको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।

व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताइएको छ । स्थानीयको अनुसार ‘उपचार गर्ने ठाउँसम्म पनि नपुर्‍याउँदै बिरामीको मृत्यु भइरहेको छ ।’ विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए । साथै ,मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलन गरेर पिसिआर जाँचका लागि काठमान्डौ पथाइएको छ । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

कमेन्ट गर्नुहोस्