बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द

19 Shares

देश । विहिबार देखिको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित छ । मौसम विदले सतर्कता अपनाउन आग्रह गरेका छन् । यसैक्रममा केहि स्थानमा अविरल वर्षापछी बाढी समेत आएको छ । बाढीले रौतहटको जनजीवन प्रभावित बनाउदै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर बाटोमै रोकिएका छन् । सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयास भएता पनि वर्षा जारी रहेकाले कठिनाइ भइरहेकाे छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्किएपछी जलमग्न भएका छन् ।

Facebook Comments