कौडेनामा कांग्रेसका रुपेश निर्वाचित

देश । सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रुपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउदै विजयी भएका हुन् । उनका निकटम निकटम प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरे । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५ , जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८ , नेकपा माओवादी केन्द्रका महादेव शाहले ७ सय १८ मत प्राप्त गरे ।

गाउँपालिकाकै उप – प्रमुख पदमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय् ६३ मत प्राप्त गरिन् । उनकी निकटम प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत मात्र ल्याइन । गाउँपालिका उप- प्रमुख पदकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४ , नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याएका छन् ।

यस्तै, कौडेना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेश पटेल विजयी भएका छन् । राजेशले ६ सय ८२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी जसपाका राम एकवाल महतोले ५ सय ५७ मत प्राप्त गरे । वडा नं. २ मा नेपाली कांग्रेसका राम दरेश ठाकुर निर्वाचित भएका छन् । रामले १ हजार १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका राम ध्यान रायले ५ सय ३९ मत मात्र प्राप्त गरे ।

वडा नं. ३ मा जसपाका पचु चौधरी कल्वार निर्वाचित भए । पचुले ७ सय मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी लोसपाका प्रभु चौधरीले ६ सय ११ मत प्राप्त गरे । वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास राय विजयी भए । रामले १ हजार २ सय ५५ मत ल्याउँदा लोसपाका रौशन कुमार राय यादवले ३ सय ५२ मत पाए । त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुन निर्वाचित भएकी छिन् । अनिशाले ४ सय ४४ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका रामबाबु राय यादवले ३ सय ८९ मत मात्र प्राप्त गरे ।

वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका राम उमेश राय निर्वाचित भएका छन् । राम उमेशले ४ सय ५५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका किशोरी राय यादवले ३ सय १ मत मात्र पाएका छन् । त्यस्तै वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादव निर्वाचित भए । विजयले ५ सय ९५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका मिश्री राय यादवले २ सय ९२ मत मात्र प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्