‘खेलाडी उत्पादनमा छैन नगरपालिकाको ध्यान’

0 Shares
नगरप्रमुख देवानन्द महतो / फाइल तस्बिर

देश । तराइमा प्राय चाडपर्व लक्षित खेलहरु हुने गरेका छन् । नगरपालिकाबाट रकम मांग गर्दै स्थानीय क्लबले खेल प्रतियोगिताको आयोजना गर्ने प्रचलन झैँ । यस सन्दर्भमा कुरा गरौँ , बरहथवा नगरपालिकाको । यस नगरपालिका आफ्नो आन्तरिक श्रोतबाट संकलित रकम खर्चेर ‘खुल्ला मेयर कप’ टि -२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिरहेको छ । नगरपालिका अन्तर्गतकै वडा नम्बर ४ मा पर्ने एक क्लबले ७ लाखको बजेटमा प्रतियोगिता गरिरहेको छ ।

नगरपालिका अन्तर्गतकै वडा नम्बर २ मा चल्ने १६ दिन चल्ने खेलको लागि उक्त रकम छुट्याईएको हो । तात्कालिन माओवादी पार्टी बाट चुनाव लडेर नगरप्रमुख चुनिएका देवानन्द महतोले आफ्नो पार्टी निकट क्लब मार्फत उक्त कार्यक्रम गर्न लगाइएको बताइएको छ । खेल आयोजना हुनु आफैमा नराम्रो नभएता पनि यसबाट भने स्थानीय खेलाडी वा खेल प्रवर्धनमा टेवा पुग्न सकेको छैन ।

प्रतियोगितामा सहभागी केहि खेलाडी भारतीय छन् भने केहि क्लबले नेपालकै नेशनल टिममा समेत खेलिसकेका खेलाडीलाई ल्याएका छन् । तर , स्थानीय खेलाडीको भने सहभागिता न्यून झैँ छ । मोटो रकम खर्चेर गरिने खेल र त्यसमा नगरले लगानी गर्दा स्थानीय खेलाडीको प्रवर्धन खै ? भन्ने प्रश्नहरु उठ्ने गरेका छन् ।

नगरले खेलाडी उत्पादनमा ध्यान दिन छाडेर यस्ता खेल आयोजनालाई मात्र प्रोत्साहन गर्दा खेलप्रेमी भने दुखि छन् । एक खेलाडीले नाम नखुलाउने शर्तमा भने ,’यहाँ प्रतियोगिताहरु नगरपालिकाको बजेट सक्न मात्र आयोजना हुने गरेका छन् । केहि बाहिरका खेलाडी र यहाँ उत्पादित खेलाडीले सँगै खेले मात्र स्थानीय खेलाडीको क्षमता बढ्ने छ ।’ नगरपालिकाले यस्तै धेरै खेलहरुमा लगानी गरेको छ तर , खेलाडी उत्पादनमा भने ध्यान दिएको पाइदैन । यस सम्बन्धमा नगरप्रमुख महतोसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

कमेन्ट गर्नुहोस्