डिभोर्स डे पनि मनाइन्छ तर कहिले ?

विदेश । भ्यालेन्टाइन डे मनाउने त धेरैलाइ थाहा छ । हरेक फेब्रुअरी १४ मा यसलाई मनाइन्छ । यसदिनमा आफ्नो प्रेमलाई प्रायले व्यक्त गर्नेगर्छन् । तर डिभोर्स डे पनि मनाउने गरिएको तपाइँलाई सायदै थाहा होला । हजुर , विश्वमा हरेक अंग्रेजी नयाँ वर्षको पहिलो सोमबारलाइ डिभोर्स डेको रुपमा मनाइन्छ । आखिर किन जनवरीको पहिलो सोमबारलाई डिभोर्स दिवस मनाउन थालिएको हो, यसको कारण थाहा छ ? तथ्यांक अनुसार विश्वमा पछिल्लो समय यस्ता मानिसको संख्या बढिरहेको छ जसले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने सबैभन्दा उत्तम तरिकाको खोजी गरिरहेका छन् । त्यसैले गर्दा हरेक जनवरीको पहिलो सोमबारलाई डिभोर्स डेको रुपमा मनाउन थालिएको हो ।

बेलायतको एक रिलेशनसीप सपोर्ट च्यारिटी संस्था रिलेटको दाबी अनुसार ५५ प्रतिशत बेलायती युवाहरुले क्रिसमस वा नयाँ वर्षको सुरुवातको बेला वैवाहिक सम्बन्धमा थकान वा तनाव आउने बताएका छन् । रिलेट संस्थाका एक अधिकारीका अनुसार क्रिसमसका अनुसार डिभोर्स वा विच्छेदको घटना बढिरहेको भनेर कसैले पनि भनेको छैन तर तथ्यांकले यस्तो देखाउँदछ कि क्रिसमस तथा नयाँ वर्षको उत्सवका बीच परिवारको दायित्व तथा वित्तिय संकटले समस्याग्रस्त सम्बन्धलाई ब्रेकिंग प्वाइन्टसम्म पुग्दछन् । बेलायतको अदालतमा क्रिसमसदेखि नयाँ वर्षको पहिलो दिनसम्ममा डिभोर्सका ४ सय ५५ अनलाइन आवेदन भएका छन् । डिभोर्स सपोर्ट सर्भिस एमिकेबलका अनुसार बेलायतमा यो जनवरी महिनामा अहिलेसम्म ४० हजार ५ सय मानिसहरुले आफ्नो कप्युटरमा इन्टरनेट सर्च इन्जिनमा डिभोर्स सर्च गरेका छन् ।

कमेन्ट गर्नुहोस्