बाँकी १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय

देश । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।अधिवेशन हुन् बाँकी रहेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्लाको अधिवेशन कोरोना भाइरसको बढ्दो संक्रमणका कारण स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि केन्द्रीय निर्वाचन समितिले माघ १५ गते हुने तय भएका जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको विज्ञाप्ति जारी गर्दै जनाएको छ ।

कमेन्ट गर्नुहोस्