बम्जनविरुद्ध प्रहरीमा अर्को उजुरी

देश । पछिल्लो समय एकपछि अर्को विवादमा नाम आइरहेका तपश्वी रामबहादुर बम्जन विरुद्ध प्रहरीमा पाचौ जाहेरी परेको छ । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागिरहेका बेला बम्जनलाई सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाछन् । रिताकि आमा सुम्नीले जाहेरी दिएको पुष्टि गरे ।जाहेरीमा ०६६ सालमा गढीमाइ मेलामा गएदेखि बेपत्ता भएको उल्लेख छ । ‘त्यसभन्दा अघि बाराको हलखोरियास्थित बमजन आश्रममा उनी बसेकी थिइन्’, परिवारले भनेको छ, ‘बली रोक्छु भनेर फरार भएका वेला रिता बमजनसँगै थिइन् ।’

एसपी पोखरेलले भने, ‘हामीले माथिल्लो निकायको समन्वयमा खोजतलास थालिसकेका छौं ।’ बमजनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको थियो । अनुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही शंकास्पद सबुदहरु फेला परेको प्रहरी दाबी छ ।

कमेन्ट गर्नुहोस्