प्रबलको ‘कफी टेबल बुक’ आउँदै

21 Shares

विदेश । अमेरिकामा बसेर फेसन डिजाइनरका रुपमा ख्याती कमाएका नेपाली मुलका प्रबल गुरुङको जीवनी सार्वजनिक हुने भएको छ । आफ्नै नामको फेसन ब्रान्ड स्थापनाको दसौं वार्षिकोत्सव मनाउने क्रममा प्रबलले किताबबारे जानकारी दिएका हुन् ।

बलिउड र हलिउड सेलिब्रेटीको ड्रेस डिजाइन गरेर चर्चा आएका प्रबलले सामाजिक सञ्जालमा आफ्नो ‘कफी टेबल बुक’ सार्वजनिक हुन लागेको खुसी बाडेका थिए । प्रबल गुरुङ शीर्षकमै सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको लेखेका छन् ।

सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले डिजाइन गरेको लुगा रुचाएका छन् । आगामी नोभेम्बर १२ तारिखमा सार्वजनिक हुने किताबमा काठमाडौंदेखि नयाँ दिल्ली हुँदै अमेरिकासम्मको संघर्ष र सफलताको कथा नै उनको किताबको मुख्य विषय हुने उनले जनाएका छन् ।

विज्ञापन

तपाईको प्रतिक्रिया