‘थ्री वाइ थ्री’ ब्राण्ड एम्बास्डर बने अनुप

देश । नेपाल बास्केटबल सङ्घको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता सुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा आजदेखि भइरहेको प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुँदैछ।

ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता जनाउने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइने आयोजकले बताएको छ ।

नेपाल बस्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए । ‘थ्री वाइ थ्री बास्केटलब नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, यो प्रतियोगिता आयोजना गर्दा आर्थिक भार पनि केही कम हुने र सबैको पहुँच सम्म पुग्ने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं’, गुरुङले भने ।

बास्केटबल सङ्घले युवापुस्तामा खेलको ब्राण्डिङको लागि यो पटकबाट ब्राण्ड एम्बास्डरमा नेपाली फिल्मका युवा अभिनेता अनुपबिक्रम शाहीलाई अनुबन्ध गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अनुपले बास्केटबल आफ्नो रूचीको खेल भएको बताए । ‘सानो उमेरदेखि बास्केटबल मेरो रोजाईको खेल थियो’, अनुपले भने,‘नेपालमा यो खेलको विकासको लागि र युवापुस्ताको रोजाईको खेल बनाउन सहकार्यको लागि अग्रसर भएको हुँ’।

कमेन्ट गर्नुहोस्