ब्रायन्टले बनाएका छन् यस्ता रेकर्ड

विदेश । यतिबेला खेल जगत स्तब्ध छ । अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाे खबर बाहिरीएसंगै खेलाडी स्तब्ध भएका छन् भने खेल प्रेमी पनि । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकाेप्टरमा यात्रा गर्ने क्रममा क्यालिफोर्नियामा दुर्घटनामा हुँदा मृत्यु भएको हाे । क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा ब्रायन्टसंगै उनकी छोरी जियाना सहित ९ जनाको त्यहाँको स्थानीय समयअनुसार आइतबार विहान मृत्यु हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकोप्टर अस्वाभाविक रुपले खसेकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।

कोबेले खेल जगतमा धेरै नै रेकर्ड बनाएका छन् । जसले उनलाई खेल प्रेमीको मनमा भने जीवित नै राख्नेछ । उनले एनबिएमा सन् २००७-०८ को सिजनमा उत्कृष्ट खेलेबापत मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड पाएका थिए । यसैगरी सन् २०१६ मा डियर बास्केटबल नामक पाँच मिनेटको छोटो फिल्म लेखेबापत उनलाई ओस्कार अवार्ड दिएको थियो । उनले सन् २००८-०९ र २००९-१० को सिजनमा उनले एनबिएको फाइनलमा दुई पटक मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड पाए । उनले अमेरिकाका लागि २००८ र २०१२ मा ओलम्पिकको स्वर्ण जिताउन उत्कृष्ट खेलेका थिए । उनले अलस्टार एमभिपी अवार्ड चार पटक र एनबिए च्याम्पियनसिपको उपाधि पाँच पटक उचाल्न सफल भए । एनबिएको इतिहासमा चार खेलाडीमात्र ९ पटक अल डिफेन्सिभ पहिलो टिममा परेका छन् । जसमा ब्रायन्ट, माइकल जोर्डन, केभिन गारनेट र ग्यारी पेटन रहेका छन् ।

बायन्ट ११ पटक अल-एनबिए टिम सेलेक्सनमा परे । टिममा उनी र कार्ल म्यालोन दोस्रो बढी पर्ने खेलाडी हुन् । उनी एनबिएको वार्षिक अल स्टार खेलमा १५ पटक स्थान बनाए । उनी बढी पटक बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । उनले २० सिजन लस एन्जलस ल्याकर्सबाट खेलेका थिए । २५ वा सो भन्दा बढी खेलमा ५० भन्दा बढी स्कोर गर्ने खेलाडीमा ब्रायन्टसँगै माइकल जोर्डन र विल्ट चाम्बरलियन मात्र हुन् । ब्रायन्टले २५ खेलमा ५० भन्दा स्कोर गरेका थिए ।

उनले एनबिएको प्लेअफमा ५६ सय ४० स्कोर्ड गरे । यो एनबिएको इतिहासमा चौथो बढी स्कोर हो । उनी एनबिएमा सर्वाधिक स्कोर गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा रहे । उनले सन् १९९६-९७ को सिजनमा डेब्यू गरेपछि ३३ हजार ६ सय ४३ स्कोर गरे । उनी भन्दा बढी स्कोर गर्ने खेलाडी अब्दुल, मालोन र लिब्रोन मात्र छन् । उनले एनबिएमा ४८ हजार ६ सय ३७ मिनेट खेले । उनी बढी समय खेल्ने खेलाडीको सूचीमा आठौं स्थानमा रहे । (एजेन्सी)

कमेन्ट गर्नुहोस्