देश । नेपाल सरकारले ५५ वर्ष देखि ६५ वर्ष उमेर समुहका व्यक्तिलाई खोप दिने भएको छ । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ल्याउने वितिकै खोप अभियान संचालन गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय रहेको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने छ ।
यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने मन्त्रालयले जनाएको छ । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्









