देश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन भइरहेको छ । नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना निको भएका छन् ।
मंगलबार उदयपुरका एक ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै संख्या ३२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । यसअघि उदयपुरमा १३ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्








