अष्ट्रेलियाका इरसाद भन्छन् – ‘यो मन त मेरो नेपाली हो’

2 Shares

राजन घिमिरे
देश । आजबाट नेपालमा एनआरएनहरुको नवौँ सम्मेलन सुरु हुँदैछ । नेपाल भन्दा बाहिर रहेर बस्ने नेपालीहरुको सञ्जालले यसै सम्मेलन मार्फत नयाँ नेतृत्व समेत चयन गर्दैछ । तर , समाजसेवा गर्न धन होइन, सबैभन्दा पहिला मन चाहिन्छ । यहाँ धन हुनेहरु धेरै छन तर,त्यो भिडमा मन हुनेहरुको कमी छ यहाँ ।

त्यसो त ,समाजसेवा र समाजका लागि समर्पित हुन उमेर पनि बाधक हुदैन । सोच,उद्देश्य र छाती ठूलो भएमा समाज सेवा तर्फ चांडै फड्को मार्न पनि सकिन्छ र,त्यो समाजको वाहवाही अनि माया र साथ पाईन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन इरसाद अहमद । झट्ट उमेर हेर्दा इरसादको सोच र बुझाई त्यति पाको भएको र रहेको जस्तो लाग्दैन । तर, इरसादले समाज र प्नेरवासी नेपालीहरूलाई नजिकबाट चिनेको र बुझेको कारण उनि मन फुकाएर समाज सेवातर्फ लागि परेका छन ।

इरसाद अर्थात गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियाको राष्ट्रीय युवा संयोजक हुन उनि । यो जिम्मेवारी पदमा आउनु भन्दा अगाडि पनि इरसादले आफूलाई समाज सेवामा गतिलै रूपमा प्रस्तुत गरिसकेका छन । केही समय अगाडि अष्ट्रेलियामा सम्पन्न चुनाबमा इरसादले अष्ट्रेलियामा रहेका नेपालीहरूको राम्रै साथ पाए ।‘ कुरा मात्र होइन कि काम पनि गरेकै कारण इरसादले अष्ट्रेलियाका प्रवासी नेपालीहरूको मन जितेका छन’ उनलाई नजिकबाट चिन्नेहरू यसै भन्ने गर्छन ।

नेपालको जनकपुरमा जन्मिएका उनि विगत १३ वर्षदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आइरहेका छन । अष्ट्रेलियामा हुने कुनै पनि सामाजिक कार्यमा वा फिल्म प्रदर्शन होस या नेपाली गीतसंगीत कार्यक्रम नै किन नहोस, उनि आफ्नो तर्फबाट सहभागिता मात्र जनाउदैनन् , सहयोगी हात पनि अगाडी बढाउने गर्छन । इरसादले विगत १० वर्षदेखी संचालन गर्दै आइरहेको एभरेष्ट ट्राभल्स एण्ड टुर्सले धेरथोर आर्थिक सहयोग हरेक कार्यक्रममा गर्दै आइरहेको छ ।

‘मेरो सहयोग र साथले कुनै कार्यक्रमले विस्तारित रूप पाउछ भने म किन पछाडि हट्ने ? त्यसैले पनि हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छु’ उनले भने । अष्ट्रेलियामा मुस्लिम परिवारबाट वाह गर्न लायकको उपस्थिति जनाउने इरसाद मात्र एक नेपाली हुन । प्रवासको सिप,कमाई र दक्षतालाई आफ्नो मातृभूमि नेपालमा भित्र्याउनु पर्छ भनेर इरसादले कुरा मात्र गरेनन् कि प्रमाण नै पेश गरेका छन । उनले काठमाण्डौको गौशालामा संचालन गरेको काठमाण्डौ पशुपति बुटीक एण्ड स्पा अहिले चर्चामा छ । उनको अष्ट्रेलियामा हंग्री सेफ रेष्टुरेन्ट र घर निर्माण व्यवसाय मार्की होम्स पनि राम्रैसंग चलिरहेको छ ।

‘पेशा र ब्यबसाय त राम्रैसंग चलेकै छ । अझ त्यसमा समाज सेबा र समाज सेबाप्रति केही योगदान दिन पाएकोमा मन नै फुरूङ भएर आउँछ ‘ इरसादले भने । विशेष गरेर अष्ट्रेलियामा रहनु भएका प्रवासी युवाहरुको हक,हित र उनिहरूको अवसरका लागि आफू लागि पर्ने र परिरहेको कुरा इरसादले बताए । वर्षौं हजारौ नेपाली विधार्थीहरु अध्यनका लागि अष्ट्रेलिया पुग्छन । तीमध्ये लागि गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियाको राष्ट्रीय युवा संयोजकको हैसियतले आफू निरन्तर रूपमा समाजसेवा र वृहतर सोच अनि साथ बोकेर मैदानमा आएको कुरा इरसादले बताए ।

तपाईको प्रतिक्रिया