आयो वान टिबीको मेमोरी कार्ड

विदेश । पछिल्लो समय मेमोरी कार्डको प्रयोगको बारेमा बताउनु पर्दैन । आफ्नो दाता स्टोरेज गर्नको लागि प्रायले यसको प्रयोग गर्ने गर्छन । तर , मेमोरी कार्डको क्षमता कति त ? यसको क्षमता त्यति धेरै हुदैन , सानो चिप्स भएकाले यसमा १२८ जिबी वा २५६ जिबी को हुने गरेको छ । तर पछिल्लो समय अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी लेक्जर ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुर्ला माथ खुवाएको छ । हामीमध्ये धेरैले लेक्जर नामक ब्राण्डका बारेमा नसुनेका पनि हुनसक्छौँ ।

किनकी मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुुत्व जमाएका छन् । लेक्जरले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको छ । लेक्जरको हजार जिबीको मेमोरी कार्डको मूल्य ४ सय ९९ डलर ९९ सेन्ट तोकिएको छ । अमेरिकी बजारमा यो मेमोरी कार्ड उपलब्ध भैकसेको छ ।

कमेन्ट गर्नुहोस्