जसले विरामी पितालाई लिएर पार गरिन् १२ सय किलोमिटर

331 Shares

विदेश । कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न गरिएको लकडाउनले धेरैलाइ समस्यामा पारेको छ । गाउँबाट जोहो टार्न सहर छिरेकाहरु लकडाउन बढेसँगै घर फर्किरहेका छन् । नेपाल र भारतमा पैदलनै घर फर्किएको धेरै न्युज हामीले पढिसकेका छौ । यस्तै एउटा समाचार छ , एक १५ वर्षीय बालिकाको जसले आफ्नो विरामी बुवालाई साइकलमा राखेर १२ सय किलोमिटरको यात्रा तय गरिन् । किनकी उनिसँग सहरमा बस्न काम थिएन भने घरबेटीलाइ तिर्न भाडा । साथै , विरामी बुवाको औषधिको चाप । घरबेटीले घरभाडा होल्ड गर्न नमानेपछी उनले बुवालाई साइकलमा राखेर यात्रा गर्नुको विकल्प थिएन ।

ति साहसी बालिका हुन् , ज्योती कुमारी पासवान । उनको उमेर १५ वर्ष छ । ती बिहारी बालिकाले साइकलको पछाडिको सिटमा आफ्नो बाबुलाई राखेर यात्रा तय गरेकी हुन् । उनी हरियाणाको गुरुग्रामबाट बिरामी बाबु मोहन पासवानलाई साइकलको पछिल्लो सिटमा बोकेर बिहारको दरभंगासम्म पुगेकी हुन् । हाल बाबुछोरी आफ्नै गाउँ सिरहुल्लीस्थित स्वास्थ्य निगरानीका लागि क्वारेन्टाइनमा बसिरहेका छन् । पेशाले रिक्सा चालक ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भएका थिए ।

घरबेटीले भाडाको लागि दबाब दिएपछी बाउ छोरी साइकल यात्रा गर्न बाध्य भएका हुन् । यात्राको क्रममा केही ठाउँमा भने ट्रक चालकले लिफ्ट पनि दिने गरेका थिए । गाउँसम्म पुग्न उनीहरुलाई ८ दिन लाग्यो । लकडाउनका बावजुद बिहारको दुर्गम गाउँकी यी बालिकाको साहसिक यात्रा सकिनासाथ सर्वत्र चर्चा भईरहेको छ । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्