विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ५ सय ७२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ५ लाख ११ हजार १९ जना निको भएका छन् ।
पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली र फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको डर बढ्दो छ । इटालीमा मृतक संख्या २१ हजार ६ सय ४५ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या २८ हजार ३ सय ९९ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ६ लाख ४१ हजार ९ सय १९ जना पुगेको छ । इटालीमा ३८ हजार ९२ जना संक्रमण मुक्त भएका छन् भने अमेरिकामा ५२ हजार १ सय ९६ जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या १८ हजार ८ सय १२ पुगेको छ भने संक्रमितको संख्या १ लाख ८० हजार ६ सय ५९ जना पुगेको छ । फ्रान्समा मृतक संख्या १७ हजार १ सय ६७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६ हजार २ सय ६ पुगेको छ । बेलायतमा मृतक संख्या १२ हजार ८ सय ६८ र संक्रमितको संख्या ९६ हजार ४ सय ७६ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ३ हजार ८ सय ४ रहेको छ भने यहा १ लाख ३ हजार ७ सय ५३ जना संक्रमित रहेका छन् ।
(एजेन्सी)







