देश । नेपाल टेलिकमको शेयर हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुषमसान्तसम्म थप हुने ग्राहकले समेत खरिदमा सहभागी हुनसक्ने व्यवस्था मिलाइने बजेटमा भनिएको छ । कम्पनीको शेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र शेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिने बजेट वक्तव्यमा उल्लेख छ । आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिने उल्लेख छ ।
अहिले टेलिकममा ९२ प्रतिशत सरकारको सेयर छ । ८ प्रतिशत सेयर सर्वसधारणसँग छ । सरकारको सेयर स्वामित्वलाई ७० प्रतिशतमा झार्ने गरी स्वामित्व र प्रतिफलमा नयाँ मोडालिटी प्रस्ताव भएको टेलिकमका महाप्रवन्धक डिल्लीराम अधिकारीकाले बताए । ‘टेलिकमका सेवा प्रयोग गर्दा निश्चित प्रतिशत रकम सेयर विनिवेशका लागि काटिने छ’ उनी भन्छन्,’ सरकारले तोकेको प्रतिसेयर बराबर उपभोक्ताबाट रकम काटिएपछि सेयर ग्राहककै हुन्छ।’











