एट्लेटिको म्याड्रिडले लियो अग्रता

0 Shares

विदेश । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले अग्रता बढाएको छ । एट्लेटिकोले बिहीबार राति भएको खेलमा एइबारलाई २-१ गोलले पराजित गर्दै दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता लिएको छ । खेलको १२ मिनेटमा एइबारले पाएको पेनाल्टीलाई उसका गोलकिपर डिमिट्रोभिकले गोलमा परिणत गरे । त्यो खेलको पहिलो गोल थियो ।

खेलको ४० मिनेटमा एट्लेटिकोका लुइस सुआरेजले बराबरी गोल फर्काए । ८९ मिनेटमा एट्लेटिकोले पेनाल्टी पायो । प्राप्त अवसरमा सुआरेजलले गोल गर्दै एट्लेटिकोलाई २-१ ले अघि बढाए। ला लिगाको अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३४ अंक छ।

कमेन्ट गर्नुहोस्