बरहथवामा ‘प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’

जयहोस् । सर्लाहीमा ‘प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’ हुने भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर २ को हजरिया खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । यसअघि जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्दै आएको टिमले यसपटक राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । आउदो विजयदशमीको अवसर परेर आयोजना गर्न लागिएको खेलको तयारी अन्तिम चरणमा पुगेको व्यस्थापक युवराज बस्नेतले बताएका छन् । ‘हामीले गाविस हुदै जिल्ला स्तरीयसम्म पुर्याएको खेललाई यसपटक राष्ट्रिय स्तरीय बनाउने कोसिस गरेका छौ’ युवराज भन्छन ‘खेलले सामिप्यतासँगै सद्भाव समेत कायम गर्छ , यसैले हामीले खेललाई फराकिलो बनाएका छौ ।’ सहभागिताको लागि शुल्क नलाग्ने यसखेलको विजेताले नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले ५५ हजार ५ सय ५५ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । स्थानीय सेभेन स्टार युथ क्लबको आयोजनामा बरहथवा नगरपालिका-२ को हजरिया खेलमा मैदानमा असोज २६ गतदेखि सुरु हुने प्रतियोगिता ३० असोजमा समापन हुनेछ । प्रतियोगितालाई बरहथवा नगरपालिकाले पनि सघाएको छ ।
कमेन्ट गर्नुहोस्