देश । नेकपा पार्टीको आन्तरिक विवादको कारण पछिल्लो केहि समय नेपालको राजनीति स्थिर छैन । अध्यादेश ल्याउने र फिर्ता लिने क्रमकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रीपरिषदको आकष्मिक बैठक मार्फत संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष लागेका छन् । उनले दिएको प्रस्तावमा केहि निर्णय नभए पनि प्रधानमन्त्री ओलीले आउँदो बैशाख २३ मा आम चुनाव गर्ने प्रस्ताव गरेको बुझिएको छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस प्रस्ताव गरेर शीतलनिवासबाट बाहिरिएका छन्। संसद विघटनको विषयमा राष्ट्रपतिसँग छलफल भएता पनि उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।
कमेन्ट गर्नुहोस्










