देश । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिसकेको छ । यद्दपी १६ जिल्लामा भने अझै जिल्ला अधिवेशन नै हुन् सकेको छैन । मधेश प्रदेश सहित १६ जिल्लाको अधिवेशन यहिँ आउँदो माघ १५ मा गर्ने भनिएको थियो । यद्दपी कोरोना भाइरसको लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ ।
कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागि हुनेगरी औपचारिक भेला, समारोह आदि गर्न बन्देज लगाइएको छ । यसको प्रत्यक्ष प्रभाव कांग्रेसका बाँकी जिल्ला अधिवेशनमा देखिनेछ । यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भएपनि राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो ।










