जापानमा बढ्न थाले संक्रमित

विदेश । कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन ट्राइलको अन्तम चरणमा रहदा विश्वका केहि देशमा भाइरस पुनः बढ्न थालेको छ । एसियन मुलुक जापानमा पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ । जापानमा २४ घण्टामा मात्र २ हजार ६८४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या बढ्ने क्रममा छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो।

१ लाख ४६ हजार २१४ जना संक्रमितको संख्या पुगेको जापानमा त्यहाँको राजधानी टोकियोमा धेरै संक्रमितहरू पाइएका छन् । यद्दपी जापानका विकट टापुहरूमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्