देश । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्याममा विदेशी लगानी कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानीको सन्दर्भमा स्वीकार गर्नै नसकिने सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रियाको क्रममा प्रस्ट्याएका हुन् ।
‘एउटै सञ्चार माध्यमले टिभी र एफएमहरूमा लगानी गर्न पाउँदैनन्’ उनले अन्तरक्रियाको क्रममा भने । उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेको भन्दै मन्त्री बाँस्कोटाले आपत्ति जनाएका हुन् ।
मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको पनि बताए । साथै , उनले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही हुने पनि बताए ।