देश । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । भूमिव्यवस्थामन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । उक्त विधेयकका प्रावधानले मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप हुने भन्दै विरोध भईरहेको थियो । गुठियारका साथै विभिन्न संस्थाले विधेयक खारेजीको माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै विरोधको सिलसिला उपत्यकामा दिनहुँ चलिरहेको थियो ।
विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका थिए । चर्को विरोध भएपछी आज विशेष पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी गराइन् । संसदमा दर्ता भएको विधेयकले मूलतः जग्गाको व्यवस्थापनमा मात्रै ध्यान दिएको सरोकारवालाहरुको भनाइ रहेता पनि चर्को विरोधपछि विधेयक फिर्ता लिन सरकार बाध्य भएको हो ।