कोपा अमेरिकामा अन्तिम ८ समीकरण पुरा

खेलकुद । अन्ततः कोपा अमेरिका २०२१ को क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगेका छन् । यस्तै , समूह ‘बी’ बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान पक्का गरे ।

समुह ‘ए’ बाट बोलिभिया र समुह ‘बी’ बाट भेनेजुएला प्रतियोगिताबाट बाहिरिएका छन् । कोपा अमेरिका अन्तर्गतको अन्य चरणको खेल जुलाई २ बाट सुरु हुनेछ । अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ भने , दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन् । यस्तै , उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन्। (एजेन्सी)

कमेन्ट गर्नुहोस्