१०१ वर्ष पुगे सत्यमोहन जोशी

देश । शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । ललितपुर निवासी जोशीले नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका छन् । जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

कमेन्ट गर्नुहोस्