हङकङमा पनि टिकटक बन्द हुने

13 Shares

विदेश । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै सर्ट भिडियो एप टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले पनि हङकङ प्रहरीसँग सूचनाको लागि गर्दै आएको सहकार्य रोक्ने निर्णय गरेका थिए ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । यो एप कम्पनीले मुख्यभूमि चीनभन्दा बाहिरका क्षेत्रलाई लक्षित गर्दै ल्याएको हो । विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यका साथमा यो एपको विकास गरिएको हो । चीनको लागि भने कम्पनीको टिकटकजस्तै डोउयिन नामक एप छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्