प्रवन्ध निर्देशकको लागि ११ जनाको आवेदन

देश । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् । सरकारको अधिनमा रहेको नेपाल टेलिकम मात्र एउटा यस्तो संस्था बनेको छ , जो फाइदामा छ ।

प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् । ११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको भएता पनि उनीहरुको नाम गोप्य राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।

कमेन्ट गर्नुहोस्