१० ठाउँमा कांग्रेसको केन्द्रीय चुनावी सभा

देश । नेपाली कांग्रेसले सातै प्रदेशमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा हुन लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन परिचालन समितिको निर्णय अनुसार २१ देखि २७ वैशाखसम्म हुने चुनावी सभाहरूमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गर्ने छन् । सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् । वैशाख २१ गते मोरङ (विराटनगर) सभापति शेरबहादुर देउवा महामन्त्री विश्वप्रकाश शर्मा नेता रामचन्द्र पौडेल वैशाख २२ गते चितवन (भरतपुर) सभापति शेरबहादुर देउवा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेता रामचन्द्र पौडेल वैशाख २३ गते काठमाडौं सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेल वैशाख २४ गते रुपन्देही (वुटवल) सभापति शेरबहादुर देउवा महामन्त्री गगनकुमार थापा नेता रामचन्द्र पौडेल वैशाख २४ गते (दमौली) सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल प्रवक्ता डा. प्रकाशशरण महत वैशाख २४ गते धनुषा (जनकपुर) सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल सहमहामन्त्रीहरु महेन्द्र यादव र भीष्मराज आङ्दम्बे वैशाख २५ गते कास्की (पोखरा) सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार वैशाख २५ गते दाङ (तुलसीपुर) सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल सहमहामन्त्री किशोरसिंह राठौर वैशाख २६ गते कैलाली (धनगढी) सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल सहमहामन्त्री फरमूल्लाह मंसुर, वैशाख २७ गते डडेल्धुरा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल सहमहामन्त्री बद्री पाण्डे
कमेन्ट गर्नुहोस्