‘हामीले खाली डेटमा घोषणा गरेका थियौँ’

फिल्म । नेपालमा कोरोना भाइरसको दोस्रो महामारीपछि बन्द रहेका हल खुल्ने भएपछि चलचित्र विकास बोर्डको अभिभावकत्वमा निर्माता , निर्देशक , वितरक , प्रदर्शक , प्राविधिक लगायतका संस्थाको पदाधिकारीले फिल्म रिलिजको क्यालेन्डर बनाउने घोषणा गरेका थिए । नेपालमा रहेका हल सुरक्षित छ भन्दै अब नेपाली फिल्म दुइसाताको अन्तरालमा रिलिज हुने जनाइएको थियो । नेपाली फिल्मसँग सम्बन्धित संघ संस्थाको संयुक्त कार्यक्रममा नेपाली फिल्मको रिलिज क्यालेन्डर घोषणा गर्न नसक्नु नै आफैमा कमजोरी थियो । यसलाई प्रस्ट्यायो हल खुलेकै एक सातामा ।

दसैँ लक्षित गर्दै डाडाँको वरपिपल र धन्दागिरी फिल्म प्रदर्शनमा आए । त्यस बेला यसको खासै वास्ता भएन । तर , पछिल्लो समय फिल्मले दुइसाता ग्यापको नियम मानेनन् नै , एकै डेटमा प्रदर्शन घोषणा गर्न थाले । फागुन १३ मा घोषणा गरिएको ‘लप्पन छप्पन २’ को डेटमा सन्तोष सेनले ‘प्रेम गीत ३’ घोषणा गरेको केहि दिनमै पुनः फिल्म भिड्ने भएका छन् । आउँदो वर्षको वैशाख २३ मा ‘लक्का जवान’ ले डेट घोषणा गरेको थियो । अब , सोहि डेटमा ‘कबड्डी ४’ प्रदर्शनमा आउने भएको छ ।

कोरोना भाइरसपछिको समयमा नेपाली फिल्म यसरि एकै डेटमा आउनु आफैमा दुखद छ । शिवहरि पौडेलको निर्देशनमा तयार फिल्म कोरोना महामारीका कारण रिलिज हुन नपाएर रोकिएको थियो । अरु फिल्मसँग डेट नजुधाएर घोषणा गरेको डेटमा ‘कबड्डी ४’को निर्माणपक्षले सोमबार मात्र रिलिज मिति घोषणा गरेपछि निर्माता तथा कलाकार किरण केसी असन्तुष्ट बनेका छन् ।

‘एक हप्ता अघि पछि आएको भए पनि हुने । हामीले पहिले नै प्रदर्शन मिति तोकेकाले पनि पछि हट्ने भन्ने कुरा त हुँदैन । यो समयमा एउटा निर्माताले अर्को निर्मातालाई जोगाउनुपर्ने बेला हो । तर, हामी हामी जुधेर कहाँ पुग्न आँटेका हौं कुन्नि ? ’ निर्माता केसीले भने । उनले यो समय फिल्म एकआपसमा भिडाउने नरहेको समेत बताए । फिल्ममा केसीसँगै दिलीप रायमाझी, शिवहरि पौडेल, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्