ट्वीटरले बन्द गरिदियो ट्रम्पको एकाउन्ट

विदेश । अमेरिकामा गतवर्षको नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा हार बेहोरेसँगै सामाजिक सञ्जालमा हिंसात्मकता बढाउने स्टाटस लेख्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि बन्द भएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छनिर्वाचल भएको केहि समयसम्म उनले हार समेत स्वीकारेका थिएनन् ।

‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो’ एकाउन्ट बन्द गरेपछि ट्वीटरले आफ्नो बयानमा भनेको छ । यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको एकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्