मेसी-रोनाल्डो दुई वर्षपछि मैदानमा भिड्दै

विदेश । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबारबाट समूह चरणका अन्तिम खेल सुरु हुँदैछन् । खेलमा केहि टिमले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने केही टिमका लागि अन्तिम खेल निर्णायक बन्दैछन् । यस्तै समूह चरणको अन्तिम खेलबाट समूह विजेता र उपविजेता पनि टुंगो लाग्ने भएकाले पनि खास छ ।

सिजनको समूह चरणको अन्तिम खेल मध्ये स्पेनिस क्लब बार्सिलोना र इटालियन च्याम्पियन युभेन्ट्सबीच मंगलबार राति हुने खेल हुदैछ । बार्सिलोनाका फरवार्ड लिओलन मेसी र युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्ष भन्दा बढी समयपछि एकअर्काविरुद्ध मैदानमा भिड्दैछन् । फुटवलर माँझ निकै फ्यान फ्लोअर्स रहेका मेसि र रोनाल्डोसँगै मैदानमा उत्रिने भएपछी खेलप्रेमी खुसि छन् ।

मेसी र रोनाल्डो पछिल्लो पटक सन् २०१८ को मेमा आमनेसामने भएका थिए। अल क्लासिको भिडन्तको सो खेल २-२ गोलको बराबरीमा सकिएको थियो। सो खेलमा मेसी र रोनाल्डो दुवैले गोल गरेका थिए । सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली लागेपछि दुई खेलाडी आमनेसमाने भएका थिएनन्।

अन्तिम खेलअघि बार्सिलोनाले १५ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। बार्सिलोनाविरुद्धको बाहेक अरु सबै खेल जितेको युभेन्ट्सले पनि १२ अंक जोडेर अघिल्लो चरणमा स्थान बनाइसकेको छ। अब मंगलबार राति पौने २ बजे बार्सिलोनाको मैदानमा हुने खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्