देश । आज हिन्दु नारीहरुले महान पर्व तीजको अवसरमा नजिकै मन्दिरमा पुजा अर्चना गरेका छन् । हिजो बेलुकी दर खाएका नारीहरुले आफ्नो पतिको सुस्वास्थ्यसँगै दीर्घायुको कामना गर्दै व्रत बसेका हुन् । रातो सारीमा सजिएका नारीहरु पशुपतिनाथको दर्शन तथा नाचगानमा अधिकांस महिला व्यस्त देखिए ।
तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका नारीहरुले यस पटकको व्यवस्थापन सहज भएको बताएका छन्। बिहान ३ बजेदेखि नै दर्शनार्थीलाई लाइन लागेर पूजा गर्ने व्यवस्था मिलाइएको थियो । पशुपतिनाथ विकास कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । यस सँगै महिलाहरु भेला भएर विभिन्न स्थानमा नाचगान समेत गरेका छन् ।
तस्वीरहरु : आर्यन विमली

कमेन्ट गर्नुहोस्









