बजेटमा ‘स्टुडियो’ मात्र

14 Shares

देश । बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गरिने घोषणा गरेका छन् । काठमाडौं उपत्यकामा अत्याधुनिक फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरिनेछ । तर, सरकारले स्टुडियो निर्माणका लागि बजेट भने विनियोजन गरिएको छैन ।

राजधानीमा अत्याधुनिक स्टुडियो निर्माण हुने भएपछि चलचित्रकर्मीको मुहारमा खुसी छाएको छ । आगामी वर्ष ‘छायाँकनका लागि नेपाल’ भन्ने कार्यक्रम पनि सुरु गर्ने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन् । यस्तै, बजेटमा श्रमजीवि फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि जनाइएको छ ।

बजेट अभावले वर्षौदेखि निर्माण हुन नसकेको दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सुटिङ स्टुडियो यसवर्षको बजेटमा समेटिएको छैन । शिलान्यास भएता पनि बजेट अभावका कारण सुटिङ स्टुडियो निर्माण हुन सकेको छैन । अब, सरकारले राजधानीमै सुविधा सम्पन्न ‘इनडोर स्टुडियो’ निर्माण गर्ने भएको हो ।

हरेक वर्ष सरकारले प्रस्तुत गर्ने बजेटमा नेपाली फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । सरकारले फिल्म क्षेत्रको विकासमा लागि कुनै शिर्षकमा बजेट नछु्ट्याउनु आफैमा दुखद छ । उद्योगको मान्यता पाउँन नसकेको फिल्मी क्षेत्रले सरकारको प्राथमिकतामा पनि आफुलाई पार्न सकेन् । तर , यो क्षेत्रमा हजारौले दैनिकी रोजगारी पाइरहेका छन् ।

Facebook Comments