श्वेताले दिइन् एनआरएनको नयाँ टिमलाई बधाई

देश । श्वेताश्री फाउन्डेसनले गैर आवासी नेपालीहरुको संगठन ‘एनआरएन’लाई बधाई तथा सम्मान ज्ञापन गरेको छ । केही दिन अगाडी निर्वाचित एनआरएन संगठनमा कुमार पन्तले अध्यक्ष पद हासिल गरेका थिए । कार्यक्रममा बधाई थाप्नको लागि विजयी पदाधिकारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई पुगेका थिए । नायिका खड्काले नव–निर्वाचित एनआरएनका पदाधिकारीलाई बधाई दिर्दै भनिन्, ‘हामीले यस्तै बधाई विभिन्न कामलाई हेरेर पनि दिन पाउँ ।’

यस कार्यक्रममा श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको माझी बस्तीको बारेमा तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । उक्त बस्तीको पहिलो चरणको काम पूरा भइसकेको र बाँकी काम गर्नको लागि केही रकम अभाव भएको भिडियोमा उल्लेख गरिएको थियो । कार्यक्रममा उपस्थित केही प्रवासी नेपालीहरुले बस्ती निर्माणको लागि सहयोग गरेका थिए भने कसैले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्