विदेश । संयुक्तराज्य अमेरिकास्थित वासिङ्टन डिसीमा झापालीहरूको संस्था झापालीहरूको चौथो क्षेत्रीय झापाली (अन्तर्राष्ट्रिय) सम्मेलन हुने भएको छ । आगामी सन् २०२५ को अप्रिल ११ र १२ मा हुने सम्मेलनमा अष्ट्रेलिया, कतार, ईजरायल, नेदरल्याण्ड तथा नेपालका झापालीले भाग लिने जनाइएको छ ।
झापा तथा नेपालमा विश्वमा छरिएर रहेका झापाली तथा नेपालीहरूको लगानी र सभावना बारेमा छलफल गरिने, बालबालिका प्रदान गरिएको छात्रवृतिलाई वृद्धि गर्ने, झापाका आदिवासिहरूको जीवनस्तर उकास्न मद्दत गर्नुका साथै उनिहरूको मौलिक सस्कृतीलाई सरक्षण र सम्वर्द्धन गरिने बताइएको छ । अमेरिका झापाली समाजका अध्यक्ष मोहन उप्रेतीले यसअगाडि अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन कतार,दक्षिण कोरीया र माल्टामा भईसकेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्









